स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनालाई
SamacharDesk – Aakash Rajopadhyaya | २०७९ माघ २, सोमबार

बार्सिलोना स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।
साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले रोबर्ट लेवान्डोस्कीको पासलाई सदुपयोग गरेको थियो ।
४५ औं मिनेटमा गाभिकै पासमा लेवान्डोस्कीले गोल गर्दै पहिलो हाफमै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा गाभीकै पासमा पेड्रीले गोलपछि बार्सिलोना ३–० ले अघि रह्यो ।
दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा करिम बेन्जेमाले रियलका लागि गोल गर्दै अन्तर घटाए पनि हार जोगाउन सकेनन् ।
बार्सिलोनाले सुपर कपको उपाधि सन् २०१८ पछि पहिलो पटक उचालेको हो ।
Categorized in स्पाेर्ट्स