arin enterprises

बार्सालाई हराउँदै एथ्लेटिको बिल्बाओले जित्यो स्पेनिश कप

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ ५, सोमबार

स्पेनिश सुपर कपको उपाधी एथ्लेटिको बिल्बाओले जितेको छ ।

स्टाडियो डेला क्यार्टुजा मैदानमा भएको खेलमा बार्सिलोनालाई ३–२ गोल अन्तरले हराउँदै उपाधी कब्जा गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा अग्रता बार्सिलोनाले लिएको थियो । एन्टेनियो ग्रिजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै ओस्कार डी मार्कसले बिल्बाओलाई गोल दिँदै खेललाई बराबरीमा ल्याए ।

७७ औं मिनेटमा ग्रिजम्यानले नै फेरी गोल थप्दै बार्सालाई अगाडी ल्याएपनि भिल्लालिब्रेले ९० औं मिनेटमा गोल गर्दै खेललाई फेरी बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको तेश्रो मिनेटमै बिल्बाओका इनाकी विलियम्सले गरेको गोल नै खेलको निर्णायक बन्यो ।

बिल्बाओका लागि सन् १९८५ पछि यो पहिलो ठुलो उपाधी हो ।

मेस्सीको क्लब करिअरमा पहिलो रातो कार्ड

यो खेल स्टार खेलाडी लियोनेल मेस्सीका लागि भने करीअरकै खराब सावित भएको छ । उनले यस खेलमा क्लब करिअरकै पहिलो रातो कार्ड खानुपर्यो ।

बार्सिलोनाका लागि ७ सय ५३ औं खेल खेलिरहेका मेस्सीलाई अतिरिक्त समयको पनि इन्जुरी समयको पहिलो मिनेटमा रेफ्रिले रातो कार्ड देखाइदिँदा उनी मैदानबाट बाहिरिनुपर्यो ।

एथ्लेटिकोका स्ट्राइकर भिल्लालिब्रेसँग केही विवाद हुन जाँदा भार (भिडियो असिस्टेन्ट रेफ्रि) ले मेस्सीलाई रातो कार्ड देखाइदिएका थिए ।

अब यसपछि मेस्सीले कम्तीमा ४ घरेलु खेल खेल्न पाउने छैन ।

मेस्सीका लागि यो रातो कार्ड क्लब करीअरमा पहिलो र फुटबल जीवनमै दोश्रो हो । यो भन्दा अघि आफ्नो डेब्यु खेलमै सन् २००५ मा हंगेरी विरुद्ध अर्जेन्टिनाबाट खेलिरहँदा उनले रातो कार्ड पाएका थिए ।

Categorized in स्पाेर्ट्स