सम्झना ल्याबोरेटोरीमा घुँडा जाँचमा विषेश प्याकेज
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष १२, बिहिबार

ललितपुर पुर्णचण्डीस्थित सम्झना ल्याबोरेटोरी क्लिनिक प्रा.लि. ले घुँडा जाँचमा विषेश छुटको प्याकेज ल्याएको छ ।
प्याकेज अन्तर्गत घुँडा सम्बन्धि चिकित्सकिय परामर्श, क्यालसियम परिक्षण, म्याग्नेसियम टेस्ट, युरिक एसिड टेस्ट निःशुल्क गरिने ल्याबले जनाएको छ । त्यसैगरी भिटामिन डी र भिटामिन बी १२ परिक्षण मा ५० प्रतिशत छुटको साथमा अन्य परिक्षणमा विशेष छुट पाइने बताइएको छ ।
पुस १० गतेदेखि “स्वस्थ घुँडा, अब छैन टाढा” नाराका साथ सुरु भएको यो प्याकेज आगामी पुस २९ गते सम्म हुने ल्याबले जानकारी दिएको छ ।
‘रोग लागेपछि उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु वेश, यदि रोग लागिहाले पनि समयै उपचार गर्न सकियोस । यहि कुरालाई नै मान्यता दिँदै विभिन्न शिविर संचालन गर्दै आएको र यसै क्रममा यो प्याकेज पनि ल्याएका छौं’ ल्याबका प्रबन्ध निर्देशक उर्दिप जोशीले बताए ।
यस परिक्षणको लागि विशेष गरि ५० बर्ष कटेका महिलाहरुलाई लक्षित गरेको बताएको छ ।
‘५० बर्ष कटेका मानिसहरुमा पनि विषेश गरी महिलाहरुको हाड जोर्नीको समस्या धेरै हुने गर्छ, त्यही भएर हामीले यो उमेर समूहका महिलाहरुलाई प्राथमिकतामा राखेका छौं’ ल्याबका प्रबन्ध निर्देशक जोशीको भनाई हो ।
जोशीले यस छुटको अवसरमा लाभान्वित भई स्वस्थ जीवन यापन गर्न सबैमा अनुरोध गरेका छन् ।
Categorized in समाज