arin enterprises

द्रुत बस सेवा पुनः संचालन

SamacharDesk | २०८० मङ्सिर १०, आइतबार

गत असोज ३ गतेदेखि सुचारु भई बन्द भएको द्रुत बस सेवा आजदेखि पुन संचालनमा भएको छ ।

काठमाण्डौंको रत्नपार्कदेखि सूर्यविनायकसम्मको संचालन गरेको दु्रत बस सेवा प्रभावकारी हुन नसकेको गुनासोसंगै दशैँलगत्तै सेवा स्थगित भएको थियो ।

आज आइतबारदेखि फेरि ११ वटा बस थप गरि संचालन ल्याएको छ । यसअघि सञ्चालनमा रहेका २५ वटासमेत गरी अब कुल ३६ वटा द्रुत बस पिक आवरमा चल्नेछन् ।

दु्रत बस सेवा बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म तीन÷तीन मिनेटको फरकमा सूर्यविनायकबाट छुट्ने जनाइएको छ ।

यसैगरी दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि बस छुट्ने समयतालिका छ ।

काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन र यात्रुहरूको सहजताका लागि भनेर संविधान दिवसको अवसर पारेर द्रुत बस सेवा शुरु गरिएको थियो ।

Categorized in राष्ट्रिय