टी–ट्वान्टी विश्वकपमा श्रीलंका नामिबियासँग स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आश्विन ३०, आइतबार

अष्ट्रेलियामा सुरु आठौं संस्करणको टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग स्तब्ध भएको छ ।
आइतबार भएको उद्घाटन खेलमा एसिया कप विजेता श्रीलंकालाई नामिबियाले ५५ रनले हराएको हो ।
टस हारेर पहिलो ब्याटिंग गरेको नामिबियाले श्रीलंकालाई २० ओभरमा ७ विकेट गुमाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको श्रीलंका भने १९ ओभरमा १ सय ८ रन मात्र बनाएर अलआउट भयो ।
श्रीलंकाका लागि कप्तान डासुन शनकाले सर्वाधिक२९ तथा भानुका राजापाक्षेले २० रनको बनाए । धनन्जया डि शिल्भाले १२ तथा महेश तिक्षणाले अविजित ११ रन बनाउँदा अन्य ब्याटस्म्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
बलिंग तर्फ नामिबियाका ब्रिनाड स्कोल्ज,बेन शाइकोन्गो,जान फ्रायकलिंक, डेबिड बिजेले समान २/२ लिँदा जेजे स्मिथले १ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको नामिबियाका लागि जान फ्रायालिंकले सर्वाधिक ४४ रन जोडे । जेजे स्मिटले अविजित ३१ रन बनाउँदा स्टेफन ब्राडले २६ रन बनाए । यस्तै कप्तान ग्रहार्ड इरामुस तथा जान निकोलसले समान २०÷२० योगदान दिए ।
श्रीलंकाका लागि प्रमोद मधुशानले २ तथा महेश तेक्षाना, दुसमान्था चमेरा, चमिका करूणारत्ने र वाइन्डु हसरंगाले १–१ विकेट लिए ।
यो जितसँगै नामिबियाले १ खेलमा २ अंक जोड्डै समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
Categorized in स्पाेर्ट्स