arin enterprises

श्रीलंकामा सभामुख अभयवर्द्धनाले सत्ता सम्हाल्ने

SamacharDesk | २०७९ आषाढ २६, आइतबार

दिनप्रतिदिन संकटग्रस्त हुँदै गएको श्रीलंकामा शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो।

राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए।

लामो समयदेखि आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा शनिबार जनताले राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री रनिल विक्रमासिंघे दुवै जना फरार भएका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्रीनको निवासमा आगो समेत लगाइदिएका छन् भने राष्ट्रपति भवनका कोठा चोटामा प्रदर्शनकारी प्रवेश गरेर कब्जा गरेका छन् ।

प्रधानमन्त्री बिक्रमासिंघेले त आफूले पदत्याग गरेको घोषणा गर्दै सर्वदलीय सरकार गठनका लागि आह्वान समेत गर्नुभएको छ ।

राष्ट्रपति निवासभित्र प्रवेश गरेका हजारौं प्रदर्शनकारीहरू कोही स्वीमिङ पुलमा पौडी खेलेका थिए त कोही किचनमा गएर चिया पकाएका दृष्य सार्वजनिक भएका छन् ।

प्रदर्शनकारी मध्ये कोही सोफामा बसेको र कोही डाइनिङ टेबलमा बसेर खानेकुरा खाइरहेका देखिन्छन् ।

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ।

राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ। श्रीलंकाले विदेशी मुद्राको अभावमा इन्धन, खाद्यन्न तथा औषधि आयात गर्न समेत सकेको छैन् ।

साथै इन्धन अभावका कारण सार्वजनिक यातायात बन्द भएका छन् भने विद्यालय पनि बन्द गरिएको छ । सन् २००९ देखि सरकारको नेतृत्वमा रहेको राजपाक्षेको परिवारकै कारण श्रीलंकाले संकटको सामाना गर्नुपरेको सर्वसाधाराणको बुझाइ रहेको छ ।

श्रीलंकामा अब सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन् । पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय