श्रीलंकामा दिसनायके राष्ट्रपतिमा निर्वाचित
SamacharDesk | २०८१ आश्विन ७, सोमबार
श्रीलंकामा अनुरा कुमारा दिसनायके राष्ट्रपतिमा निर्वाचित हुुनुभएको छ ।
दोस्रो चरणको गणनामा नेसनल पिपुल्स पावर गठबन्धनका उम्मेदवार दिसनायके विजयी हुुनुभएको हो । प्रत्यक्ष कार्यकारी राष्ट्रिपतीय प्रणाली लागू भएपछि पहिलो पटक परिणामका लागि दोस्रो चरणको मतगणनामा जानुपरेको हो ।
शनिवार भएको निर्वाचनमा कुनै पनि उम्मेदरवारले बहुमत अर्थात ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतगणामा जानु परेको हो ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसके पछि पहिलो र दोस्रो उम्मेदरवारबीच प्राथमिकता प्राप्त मतसहित पुनः मतगणना गर्नुपर्ने प्रावधान रहेको छ ।
दिसनायकेले प्रत्याशी प्रतिपक्षी पार्टीका उम्मेदवार सजिथ प्रेमादासालाई पराजित गर्दा बहालवाला राष्ट्रपति रनिल बिक्रमासिंगे निकै मतान्तरसहित तेस्रो स्थानमा सीमित रहे ।
श्रीलंका केही बर्ष यता आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक संकट कै कारण मतदाताको मानसिकतामा अस्वाभाविक परिवर्तन आएको विश्लेषण गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय