arin enterprises

स्थानिय तहको सरुवा बिना भेदभाव भएको कर्मचारी फोरमको भनाई

SamacharDesk – बिराज | २०७९ श्रावण ३१, मंगलबार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई स्थानीय तहका कर्मचारीहरुले धन्यवाद व्यक्त गरेका छन् ।

बर्षौंदेखि रोकिएको दोहोरो सहमतिका आधारमा हजारौं स्थानिय तहका कर्मचारीको निवेदन अनुसार सहज र निष्पक्ष रुपमा सरुवा गरिदिएको भन्दै कर्मचारीहरुले मन्त्री श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थानिय कर्मचारी सरोकार फोरमका अध्यक्ष दिपक गौतमले स्थानिय तहको सरुवा मन्त्रालयबाट बिना भेदभाव, पारदर्शी र निष्पक्ष रुपमा भएको विचार राखे ।

साथै फोरमका सचिव मनिष प्रसाद केशरीले मन्त्री श्रेष्ठले सबै कर्मचारीका हकहितका लागि काम गरेकाले सहि मानेमा सबै कर्मचारीको अभिभावक भएको जिकिर गरे ।

कार्यक्रममा स्थानीय कर्मचारीहरुको माग पत्र बुझ्दै मन्त्री श्रेष्ठले स्थानीय तहका कर्मचारीहरुका जायज मागहरु सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताए ।

पछिल्लो समय कर्मचारी सरुवा बढुवाको सवालमा बाहिर आएका हल्लाहरुको पछि नलाग्न पनि उनले आग्रह गरे । चार महिनको अवधिमा कुनै पनि सरुवा नभएको उल्लेख गर्दै उनले आफ्नो स्वार्थ पूरा गर्न झुठा प्रचारहरु भएको दावी गरे ।

Categorized in राजनीति