ज्योतिष परिषद् ललितपुरमा सुभद्रिकाको नेतृत्त्व
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ पौष २०, बुधबार

नेपाल ज्योतिष परिषद् ललितपुर जिल्लामा ज्योतिषी सुभद्रिका शर्मा राजोपाध्याय अध्यक्ष चुनिएकी छन् ।
बुधबार ललितपुरमा सम्पन्न ज्योतिष परिषद् ललितपुर जिल्लाको छैठौं अधिवेशनले राजोपाध्यायलाई अध्यक्षमा चयन गरेको हो । अधिवेशनले राजोपाध्यायको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्य समितिमा महिलाकै बाहुल्यता देखिएको छ । १३ सदस्यीय कार्य समितिमा ८ जना महिला रहेका छन् ।
जिल्लाको नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा ज्यो. कृष्ण शाही, ज्यो. सुशील श्रेष्ठ र ज्यो. गंगादेवी महर्जन रहेका छन् ।
त्यस्तै सचिवमा ज्यो. योगीता जोशी, कोषाध्यक्षमा ज्यो. निर्मला मास्के, सह सचिवमा ज्यो. सन्जु श्रेष्ठ र सह कोषाध्यक्षमा ज्यो. प्रहेलिका राजोपाध्याय चुनिएका छन् ।
सदस्यहरुमा ज्यो. कल्पना नविन ताम्रकार, ज्यो. रविन पूजारी, ज्यो. सुरोज बज्राचार्य, ज्यो. लीला श्रेष्ठ, ज्यो. निर्मला बलामी सर्वसम्मतमै निर्वाचित भए ।
यस अघि अधिवेशनको उद्घाटन सत्रमा नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो. माधव राज पाण्डे परिषद्का पूर्व उपाध्यक्ष माधवमंगल जोशीले शुभकामनासहित आआफ्ना विचार राखेका थिए ।
कार्यक्रममा परिषद्का केन्द्रीय पदाधिकारी, सदस्य, परिषद् वागमती प्रदेश समिति, उपत्यका समिति, काठमाडौंको साथै काभ्रे, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्ला समिति, राष्ट्रिय महिला ज्योतिष संघ, विश्व ज्योतिष महासंघलगायतका संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
Categorized in समाज