सुडानको झडपमा मृत्यु हुनेको संख्या सय पुग्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ४, सोमबार

सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार पनि झडप हुँदा मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।
शनिबार देखि भएको झडपमा सर्वसाधरणको मृत्यु सोमबारसम्ममा एक सय पुगेको हो ।
सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति संघर्षपछि शनिबारदेखि हिंसा सुरु भएको थियो ।
खार्तूम र सुडानका अन्य शहरहरुमा हवाई आक्रमण, सडकमा ट्यांकहरु, तोपखानाको गोलाबारी र भारी गोली प्रहार सहित भएको भीषण द्वन्द्वले भइरहेको छ । यो द्वन्दले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरु उठाएको छ ।
सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक संगठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको बताएको छ । साथै नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।
यो हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ । त्यस्तै लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेलेको छ ।
नागरिक शासनमा फर्कने आशामा तुषारापात पनि भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय