सनराइजर्स हैदरावादको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ९, बिहिबार

आइपिएलमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ ।
बुधबार चेन्नईमा भएको खेलमा हैदरावादले पन्जाब किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
बुधवार भएको खेलमा पञ्जाबले दिएको १२१ रनको लक्ष्य हैदरावादले मात्र एक विकेटको क्षतिमा पार गर्यो ।
हैदरावादका लागि जोनी वायस्टोले नटआउट ५६ बलमा समान ३ चौका र ३ छक्का प्रहार गर्दै ६३ रन जोडे । कप्तान डेभिड वार्नरले ३७ रन बनाउँदा केन विलियमसनले १६ रनको योगदान दिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिंग गरेको पन्जाब २ बल खेल्न बाँकी छदा १२० रनमै अलआउट भएको थियो ।
पन्जाबको लागि मयांक अग्रवाल र शाहरुख खानले सर्वाधिक २२ रन बनाए भने अरु ब्याटस्म्यानहरु सस्तैमा समेतिए ।
बलिङमा हैदरावादको लागि खलिल अहेमदले ३ विकेट लिँदा अभिषेक शर्माले २ विकेट हात पारे । त्यस्तै सिद्धार्थ कउल, रसिद खान र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।
Categorized in स्पाेर्ट्स