सर्वाेच्चमा आजदेखि स्वचालित प्रणाली
SamacharDesk | २०८० भाद्र ११, सोमबार

सर्वोच्च अदालतले आजदेखि पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्ने भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्यले सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन आफूले प्रविधिको प्रयोगमा जोड दिएको बताउनुभयो ।
तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिन स्वचालित प्रणालीको शुरुवात गर्नुपरेको उहाँको भनाइ थियो । उहाँले प्रविधिकै माध्यमबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउनुभयो ।
सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा स्वचालित प्रणाली लागू गर्ने योजना सुनाउँदै प्रधानन्यायाधीश श्रेष्ठले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनुभयो ।
उनले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालको ३१ औँ प्रधानन्यायाधीशका रुपमा श्रेष्ठ यही भदौ ४ गते नियुक्त भएका थिए। उनले भदौ ५ गते पद तथा गोपनियताको शपथ लिएर पदबहाली गरी कार्यभार सुरु गरेका हुन्।
Categorized in राष्ट्रिय