प्रचारप्रसारमा गएका उम्मेदवार तथा टोलीमाथि आक्रमण
SamacharDesk | २०७९ कार्तिक २८, सोमबार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु प्रचारप्रसारमा लागेका उम्मेदवारहरुलाई हमला हुन थालेको छ ।
मुख्यरुपमा गठबन्धन पार्टीका कार्यकर्ताहरुबाट स्वतन्त्र उम्मेदवाहरुलाई हमला हुन थालेको बताइएको छ । हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमा तोडफोड गरिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा १४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरुले सत्ता गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको बताएका छन् ।
रवि लामिछानेसंगै गएको गाडीमा तोडफोड गरिएको प्रथ्यक्षदर्शीले बताएका हुन् । लामिछाने इच्छाकामनामा घरदैलोमा सहभागी हुनुहुन्थ्यो । त्यस्तै गोरखाको क्षेत्र नम्बर २ मा माओवादी अध्यक्ष पुष्पकलम दाहाल विरुद्ध उठेका एमाले उम्मेदवार अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ ।
गएराती प्रचार सकेर खाना खाइरहेको मियाँको टोलीमाथि आक्रमण भएको उम्मेदवार मियाँले सामाजिक सञ्जाल मार्फत बताएका छन् । आक्रमणबाट होटलका कुर्सी, टेबल तोडफोट भएको र खाना खाईरहेका आफूहरु भाग्नु परेको पनि मियाँको भनाइ छ ।
आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको र तीन जना फरार रहेको जनाइएको छ । यता, चितवन क्षेत्र नम्बर २ मा पनि हिजो सत्ता गठबन्धनका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको टोलीमाथि आक्रमण गरेको थियो ।
Categorized in समाज