arin enterprises

स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा

SamacharDesk | २०८० मङ्सिर १२, मंगलबार

हिजो सोमबार काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ व्यञ्जन बुद्ध पूजा सम्पन्न भएको छ ।

नमूना बुद्ध बिहार कंकेश्वरीले प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिनमा बुद्ध पूजा गर्दै आएको हो ।

मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा रहेको छ ।

पूजाकाक्रममा भिक्षु सारदले कथा वाचन समेत गर्नुभयो । कार्यक्रममा बौद्ध धर्ममा आस्था राख्ने उपासक र उपासिकाहरुको उलेख्य सहभागिता थियो ।

हिजोकै दिन सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गर्नुभएको थियो ।

भौतिक संसारबाट बिदा हुनुलाई बौद्धमार्गीहरुले परिनिर्वाणको रुपमा बुझ्छन् ।

बुद्ध धर्म र दर्शनलाई संसारभर प्रचार गर्ने क्षेत्रमा योगदान दिएका सारिपुत्रको स्मरणमा विभिन्न कार्यक्रम हुने गर्दछ ।

Categorized in समाज