स्वयम्भु महाचैत्यको गजुर खस्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १, बुधबार

काठमाडौंको धर्मधातु महाचैत्य स्वयम्भु स्तुपाको गजुर खसेको छ ।
गए राति आएको ठुलो हावाहुरीको कारण स्वयम्भु महाचैत्यको गजुर टुक्रा भइ खसेको हो ।
स्वयम्भू महाचैत्यमा १३ ज्ञानको प्रतीकको रुपमा रहेको त्रयोदश भुवनमाथि चारवटा थाममा स्वर्ण छत्र अड्याइएको छ ।
उक्त स्वर्ण छत्रमाथि पनि सुनको मोलम्बा लगाइएको अर्को चार वटा ससाना थाममाथि स्वयम्भू महाचैत्यको गजुर विराजित गराइएको छ ।
चारवाट थाममध्ये पश्चिमतिरको थाम छुट्टिएर गजुर खसेको स्थानीयले बताएका छन् ।
यस्तो घटनाले देशमा अनिष्ट हुने जनविश्वास रहेको छ ।
