स्वयम्भुराजकाे गीत कभर प्रतियोगीता हुने
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७८ जेठ १५, शनिबार

गत मंगलबार निधन हुने वरिष्ठ गायक स्वयम्भुराज शाक्यको गीत कभर प्रतियोगीता हुने भएको छ ।
उनलाई श्रद्धान्जलीस्वरुप उनकै गीतको कभर प्रतियोगीता हुन लागेको हो । लहना मिडियाले प्रतियोगीताको आयोजना गर्न लागेको बुझिएको छ ।
प्रतियोगीताको मिति भने घोषणा गरिएको छैन । चाँडै नै प्रतियोगीताको मिति घोषणा गर्ने लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो ।
प्रतियोगीतमा भाग लिन प्रतियोगीले स्वयम्भु राज शाक्यको गीत कभर गर्दै भिडियो बनाएर ईमेलमार्फत पठाउनुपर्ने प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले बताउनुभयो ।
‘शुरुमा प्रतियोगीहरुबाट ईमेलमार्फत कभर गीतको भिडियो प्राप्त गरिनेछ । तिनै प्रतियोगीमध्येमा निर्णायकहरुबाट अन्तिममा टप १० को छनौट गर्दै अन्तिम प्रतिस्पर्धा गरिनेछ’ राजोपाध्यायको भनाई हो ।
विजयी प्रतियोगीहरुलाई प्रमाण पत्र, ट्रफिको साथमा नगद पुरस्कारसमेत प्रदान गरिने लहनाका व्यवस्थापक साथै प्रतियोगीताका परिकल्पनाकार सुरेन्द्रभक्त श्रेष्ठले बताउनुभयो । योसँगै अन्तिम प्रतिस्पर्धासम्म पुग्ने समयमा अझ अन्य आकर्षणहरु पनि थप हुनसक्ने व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।
हाल प्रतियोगीताका विभिन्न प्रकृयागत पक्षहरु, अन्तिम चरणसम्मको प्रतियोगीता, निर्णायक मण्डल आदिको योजनामा सुरजबीर बज्राचार्य व्यस्त रहेका छन् । यी योजनाहरुले अन्तिम रुप लिने वित्तिकै दुइ चार दिन भित्रमै प्रतियोगीताको औपचारिक घोषणा गरिने बज्राचार्यले जानकारी दिनुभयो ।
Categorized in पेजथ्री