लपुउबा संघको नेतृत्वको लागि आफू सक्षम रहेको ताम्रकारको दावी
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० आश्विन १८, बिहिबार

ललितपुर उद्योग बाणिज्य संघको आसन्न ४४औं साधारण सभामा अध्यक्षका प्रत्यासी रविन्द्रराज ताम्रकारले संघको नेतृत्वका लागि आफू सक्षम र योग्य रहेको दावी गरेका छन् ।
बुधवार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै ताम्रकारले यस्तो दावी गर्दै संघमा आफ्नो उम्मेदवारी परिवर्तनका लागि भएको बताए ।
सोही कार्यक्रममार्फत ‘आफ्नो उम्मेदवारी किन’ शिर्षकका प्रतिवद्धता सार्वजनिक गर्दै ताम्रकारले संघमा आवद्ध उद्यमी, व्यवसायीहरुको चुनौती तथा अवसरको खोजी, व्यवसाय प्रवद्र्धनका लागि राजनीतिक, आर्थिक, सामाजिकलगायतका सबै क्षेत्रमा पहल गर्ने बताए ।
‘संघको निर्वाचनमा जुन मित्रहरुले उम्मेदवारी दिनुभएको छ, उहाँहरु मेरा सहकमी मित्रहरु हुुनुुहुन्छ । उहाँहरुसँग लामो सहकार्यको अनुुभव छ, उहाँहरु सबैलाई समेटेर एक सशक्त र सवल ललितपुर उद्योग बाणिज्य संघको गठन गर्नेछु भन्ने मलाई पूर्ण विश्वास छ’ ताम्रकारको भनाई हो ।
संघमा आफुले १६ बर्षको समयमा विभिन्न पदमा बसेर काम गरेको अनुभव हासिल गरेकाले आफुले संघमा सबल नेतृत्व दिन सक्ने ताम्रकारले दावी गरे ।
साथमा उनले संघलाई पारदर्शी बनाउने र ललितपुरमा हस्तकला ग्राम निर्माणका लागि उद्योग संघलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायतका प्रतिवद्धता पनि सार्वजनिक गरेका छन ।
आउँदो असोज १९ र २० गते संघको ४४ औ बार्षिक साधारणसभा हुन गइरहेको छ । यसै क्रममा २० गते संघको नयाँ नेतृत्वको साथमा कार्य समिति चयनका लागि निर्वाचन हुन गइरहेको छ ।
अध्यक्षको प्रतिस्पर्धामा ताम्रकारसहित विश्व बज्रचार्य र रुपकमान महर्जनसहित तीन जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।
Categorized in बिजनेस