ताम्राकार समाजले गर्यो जेष्ठ नागरिकको सम्मान
SamacharDesk | २०७९ फाल्गुण २१, आइतबार

ताम्राकार समाजले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
लाजिम्पाटमा आयोजित कार्यक्रममा समाजमा रहेर समाजोपयोगी काम गरेका जेष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो ।
६४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समाजका अध्यक्ष सुर्यरत्न ताम्राकारले जानकारी दिनुभयो ।
ताम्राकार समाजको क्षेत्रमा योगदान दिए बापत सम्मानित हुनेहरुले सम्मानबाट आफूहरु उत्साही भएको र सामाजिक काममा क्रियाशील रहने प्रतिवद्धता जनाएका थिए ।
स्थापना दिवसको अवसरमा समाजले वर्षेनी परोपकारका काम गर्दै आएको छ ।
Categorized in समाज