arin enterprises

तारकेश्वरमा पहिरोले २ को मृत्यु

SamacharDesk | २०८० श्रावण २१, आइतबार

काठमाडौंको तारकेश्वरमा हिजो साँझ पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका– ५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय छोरी आश्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो जाँदा घर बाहिर रहेकी गणेशकी श्रीमती सञ्जु तामाङ भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।

यसैबीच उपत्यकासहित देशका विभिन्न भागमा गएरातीदेखि वर्षा हुने क्रम जारी रहेको छ । गएरातीको वर्षाले उपत्यकाका नदीहरुमा जल सतह निकै बढेको छ ।

बाग्मती, विष्णुमतिलगायत नदीहरुमा जल सतह उच्च भएको भन्दै मौसम पूर्वानुमान महाशाखाले तटीय क्षेत्र र नदी करिडोरहरुमा सतर्कता अपनाउन भनेको छ ।

आज विहान पनि देशभर आंशकिदेखि सामान्य वर्षा हुने क्रम जारी रहेको पनि महाशाखाले जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चमि प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

यस्तै आज दिउँसो कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहति भारी वर्षाको समेत सम्भावना महाशाखाले जनाएको छ ।

निरन्तर वर्षा र केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

Categorized in राष्ट्रिय