करदाताहरु सम्मानित
SamacharDesk | २०८० मङ्सिर ७, बिहिबार

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा सर्वाधिक कर तिर्ने करदाता कम्पनीहरु सम्मानित भएको छ ।
गत आर्थिक वर्ष २०७९र८० विभिन्न १६ विधामा अर्थमन्त्री डा। प्रकाशशरण महतले बिहीबार सम्मान गरेका हुन् । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
आव २०७८र७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी छ भने निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् । बैंकले आर्थिक वर्ष २०७८र७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो ।
बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु.५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् ।
विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्य अभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्य अभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालि पनि सम्मानित भएका छन्।
Categorized in बिजनेस