आज शिक्षक दिवस
SamacharDesk | २०८० आश्विन १८, बिहिबार

संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ ।
यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेकको छ ।
अक्टुवर ५, १९६६ मा शिक्षकहरूको सेवा, सुविधा सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) ले महत्वपूर्ण सिफारिस गरेको र त्यसलाई संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेको दिनको सम्झनामा विश्व शिक्षक दिवस मनाउन शुरू गरिएको हो ।
आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तराष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरुको सम्झना र सम्मान गरिन्छ ।
एउटी आमाले जन्म दिन्छिन् र उक्त बालवालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।
आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरुलाई सम्झिन आवश्यक छ जसले हामिलाई कालोपाटीमा चक र डस्टर धँस्दै वर्णमाला सिकाए ।
नेपाल शिक्षक महासङ्घले नेपाल सरकारसँग यही असोज ५ गते भएको सहमतिअनुसार विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गराउन दबाब दिन सबै शिक्षक र कर्मचारीमा सफलता मिलोस् भनी दिवसको शुभकामना दिएको छ ।
समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।
Categorized in राष्ट्रिय