arin enterprises

विद्यालय बन्द गरेर आन्दोलन गरेमा महानगरले कारबाही गर्ने

SamacharDesk | २०८० आश्विन ३, बुधबार

नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन शुरु गरेका छन् ।

काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति प्रकाशित गरी विद्यालय बन्द गरेर पठनपाठन बन्द गरेको पाइएमा प्रचलित कानुनबमोजिम शिक्षकहरुमाथि कारबाही गर्ने महानगरले जनाएका छन् ।

महानगरले शिक्षकका पेसागत–वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको माग प्रशस्त्र हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरित हुने विद्यालय बन्द नगर्न अनुरोध गरिएको छ ।

काठमाडौं महानगरपालकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्याथीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति नै हुने जनाइएको छ ।

नेपाल शिक्षक महासंघको आह्वानमा विहीबार विद्यालय बन्द गर्ने विषयमा बोल्दै महानगरपालिकाका प्रवक्ता नवीन महर्जनले विद्यालय शिक्षा ऐनमा काठमाडौं महानगरको पनि असहमति रहेको बताउँदै विद्यालय बन्द गरेर असहमति प्रकट गर्ने विषय स्वीकार्य नहुने बताउनुभयो । 

उनले भने, 'ऐनमा रहेका फरक मत हामी पनि राख्छौं । तर, विद्यालय बन्द गरेर निकास निस्किंदैन, बालबालिकाको पढाइ मात्रै प्रभावित हुन्छ ।’ विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ ।

शिक्षकले तोकिएको आचरण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने उनले बताए । उनले विहीबार विद्यालयको अनुगमन गर्ने विद्यालय बन्द गरेर पढाइ नहुने अवस्था बनाएमा दोषीेहरुमाथि कारबाही गर्ने बताए ।

नेपाल शिक्षक महासंघले शिक्षा विधेयकप्रति १८ बुँदे असहमति जनाउँदै काठमाडौं केन्द्रित सडक आन्दोलनका आह्वान गरेको हो । आज देशका सवै जिल्लाबाट आएका शिक्षकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

जिल्ला जिल्लाबाट गाडी रिजर्भ गरेर शिक्षकहरु राजधानी आएका हुन् । शिक्षकहरु आन्दोलनतर्फ लागेपछि देशभरका सामुदायिक विद्यालयमा भने पठनपाठन ठप्प हुने भएको छ ।

सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेलगायतका असहमति उनीहरुका छन् । राष्ट्रिय शिक्षा सरकारले शिक्षकहरुलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेका थिए ।

शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको अडान छ । महासंघका अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिने बताएका छन् ।

Categorized in स्थानीय