arin enterprises

कांग्रेस सांसद गुरुङ भ्रटाचारी ठहर

SamacharDesk | २०७९ फाल्गुण १७, बुधबार

कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

भ्रष्टाचार मुद्दामा उनीसहित नौ जनालाई दोषी ठहर गरेको छ । उनीहरुले भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

गुरुङ मनाङबाट प्रतिनिधिसभा निर्वाचित सांसद हुन । उनीसहित नौ जनालाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले दोषी ठहर गरेको हो ।

फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ । दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने विशेष अदालत स्रोतले जनाएको छ ।

२०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा विशेषले ५ जनालाई सफाई, ९ जनालाई दोषी ठहर गरेको हो ।

Categorized in अपराध