arin enterprises

टेक्ससमा एउटा लरीमा ४६ जनाको शव फेला

SamacharDesk – राम डंगोल | २०७९ आषाढ १४, मंगलबार

टेक्सासको सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा ४६ जनाको शव फेला परेको छ ।

टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरीमा ४६ वटा बेबारिेसे शव फेला परेको र ती शव आप्रावासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ ।

सोही लरीमा चार बालबालिकासहित १६ जना घाइतेहरु पनि फेला परेको थियो । घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

घाइतेहरुमा बालबालिका पनि रहेका छन् । टेक्ससका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनले खुला सीमा नीति अपनाउनुको परिणाम भन्दै यसको यसको जिम्मेवारी पनि बाइडेनले लिनुपर्ने बताउनुभएको छ ।

मेक्सिकोबाट मानव तस्करहरुले अमेरिकी सिमाना पार गराउने क्रममा उक्त घटना भएको अनुमान गरिएको छ । झण्डै ४० डिग्री सेल्सियस तापक्रम पुगेको क्षेत्रमा मानिसहरुलाई एउटै ट्रकमा कोचेर ल्याएका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ ।

मृतकहरुको पहिचान खुल्न सकेको छैन ।

Categorized in अन्तर्राष्ट्रिय