arin enterprises

आगलागीबाट २० लाख बढिको धनमाल जलेर नष्ट

SamacharDesk – बिकाश | २०७७ कार्तिक ११, मंगलबार

काठमाडौंको शंखमूलस्थित एक पेन्ट पसलमा आज बिहान आगलागी हुँदा २० लाख बढिको मालसामान जलेर नष्ट भएको छ ।

शंखमुल चोकस्थित पेन्ट्स पसल न्यूआरके ईन्टरप्राईजेजमा आगलागी हुँदा २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीमा पसलमा राखिएको रंग, रंग बनाउने मेसिन, कम्प्युटर तथा बिभिन्न निर्माण सामग्रीहरू समेत पूर्ण रुपमा जलेको छ ।

बिद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

Categorized in समाज