निको हुनेको दर २ प्रतिशत बढ्यो
SamacharDesk – बिकाश | २०७७ भाद्र १९, शुक्रबार

पछिल्ला दिनहरुमा ठुलो संख्यामा नयाँ संक्रमित थपिने क्रमसँगै निको हुनेको संख्या पनि बढ्दो दरमा देखिएको छ ।
आज एक हजार ३ सय ५९ जना नयाँ संक्रमित भेटिँदा एक हजार ३ सय ५४ जना संक्रमित संक्रमणलाई जित्दै घर फर्केका छन् ।
हिजोसम्म कोरोना जित्नेको दर ५६ प्रतिशत थियो भने आज यो दर बढेर ५८ प्रतिशत पुगेको छ ।
हिजो एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि हुँदा ९ सय १७ जना निको भएका थिए ।
निको हुनेको संख्या बढ्दै गएको अवस्थामा आम नागरिकलाई केही राहतको पनि महसूस हुँदैछ ।
साथै नयाँ संक्रमित र मृत्यु हुनेको संख्या पनि बढ्दै गएको अवस्थाले थप सतर्कता अपनाउनुपर्नेमा पनि जोड दिनुपर्ने देखिएको छ ।
Categorized in समाज