१५ करोड भन्दा बढी रकम ठगी गर्ने पक्राउ
SamacharDesk | २०८१ जेठ २९, मंगलबार
वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई १५ करोड भन्दा बढी रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै तीन सय भन्दा बढी मानिसहरुसँग करोडौं रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छे« गाउँपालिकाका २२ वर्षे नविन वि.क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि पक्राउ गरिएको बताउनु भयो ।
उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको बताउनु भयो ।
उहाँले पक्राउ पर्नेहरुले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि उक्त जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको पनि बताउनु भयो ।
Categorized in अपराध