सेतो मच्छिन्द्रनाथ रथयात्राको कार्यक्रम सार्वजनिक
SamacharDesk – बिराज | २०७९ चैत्र १४, मंगलबार

यस वर्षको सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) रथयात्राको कार्यक्रम सार्वजनिक भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले आज विज्ञप्ती जारी गर्दै रथयात्राको कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।
समितिबाट जारी विज्ञप्ती अनुसार भोलि चैत्र १५ गते बुधबार साँझ ४ बजे मच्छिन्द्र बहालबाट तीनधारा पाठशालासम्म सेतो मच्छिन्द्रनाथको खट यात्रा हुनेछ ।
मच्छिन्द्रनाथलाई रथारोहण गराइसकेपछि ५ बजेबाट रथ तान्न सुरु गरिन्छ । जमलबाट रथ तानेर भोटाहिति हुँदै असन पुग्नको लागि साँझको ५ बजेदेखि ६ः३० सम्मको समय राखिएको छ ।
त्यस्तै १६ गते बिहिबार रथलाई असनबाट बालकुमारी हुँदै केलटोल, इन्द्रचोक मखन हुँदै हनुमानढोका कालभैरव अगाडी पुर्याइनेछ । यो रथयात्रा पनि ५ बजे सुरु गरेर ६ः३० सम्ममा हनुमान ढोका पुर्याउने लक्ष्य राखिएको छ ।
१७ गते ४ बजे हनुमानढोकाबाट रथयात्रा सुरु हुनेछ । रथलाई हनुमानढोकाबाट चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै ६ः३० बजे लगन पुर्याइनेछ ।
१८ गते साँझ ५ः३० बजेदेखि ५ः३० बजेसम्म लगनस्थित मां सिमा (मच्छिन्द्रनाथको आमा रुख) परिक्रमा गराउने कार्यक्रम रहेको छ । १९ गते मच्छिन्द्रनाथलाई रथबाट ओराली खटमा बोकेर मच्छिन्द्र बहालमै फर्काइनेछ ।
मच्छिन्द्रनाथको मूर्तिलाई खटमा बोकेर लगनबाट दलाछि द्यःलँ, यूतुननि, क्वहिति, भिमसेनस्थान, मरुबाट यटखा हुँदै नरदेवी किलागल, भेडासिंह, केलटोलदेखि मच्छिन्द्रबहाल पु¥याइनेछ । यो कार्यक्रमको लागि साँझको ५ः३० बजेदेखि ७ः३० बजेसम्मको समय राखिएको छ ।
