arin enterprises

सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

बाँके राप्तीसोनारी गाउँपालिका ८ स्थित सडकमा आज विहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सो सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका १ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३ वर्षीय लिलाधर खड्का र घाइते भएका अर्को एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

खड्कालाई सर्पले टोकेर घाइते भएपश्चात उपचारका लागि लैजाने क्रममा उक्त मोटरसाइकल दुर्घटना भएको हो । 

दुवै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in समाज