प्रधानमन्त्री दाहालसँग नेता ओली र नेपालको भेट
SamacharDesk | २०८० आश्विन २०, शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आज एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।
शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेताद्वयलाई छुट्टाछुट्टै भेटवार्ता गरेको हो ।
नेकपा एमालेका अध्यक्ष ओलीसँगको भेटमा देशको पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको तथा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।
त्यस्तै नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताइएको छ ।
अध्यक्ष नेपालले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्नुका साथै सरकारका विभिन्न निकायमा नियुक्तिका बारेमा पनि छलफल भएको बताएका छन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालसँगको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसदमा सम्बोधन गर्नेबारेमा पनि छलफल भएको जानकारी दिए ।
Categorized in राजनीति