तिहारको झिलिमिलि : मोबाइल फोटोग्राफी
सम्पूर्ण नेपालीहरुको दोश्रो महान चाड तिहार यस वर्ष हामी कोरोना महामारीका बीच मनाउँदैछन् ।
संक्रमणको जोखिम र लकडाउन, निषेधाज्ञाका कारण डामाडोल आर्थिक अवस्थाका बीच यस वर्षको तिहार विगतको तुलनामा त्यत्ति झिलिमिलि भने देखिएन ।
तर सबैले तिहारलाई हर्षोल्लासमय बनाउन, झिलिमिलि बनाउन आआफ्नो ढङ्गले प्रयास गरेका छन् ।
तिहारको क्रममा आज कार्तिक ३० गते काठमाडौं र ललितपुरका केही स्थानको तस्बीरहरु सचिना राजोपाध्यायको मोबाइलको लेन्सबाट हेरौं ।
