अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधयेक पारित
SamacharDesk | २०८० चैत्र १, बिहिबार

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधयेक पारित भएको छ ।
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट बुधबार उक्त विधयेक पारित भएको छ । विधयेकपािरत भएसँगै अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ ।
अमेरिकी संसदले हिजो पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला गरेको हो ।
टिकटकका चिनियाँ मालिकले कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् । भिडियो शेयरिङ गर्न मिल्ने चिनियाँ एप टिकटकका लागि यो कानुनले ठुलो धक्का दिने विश्लेषकहरूले बताएका छन् ।
टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसामु चिन्ता पैदा गरेको बताइस्को छ । जसकाकारण पनि अमेरिकामा टिकटक बन्द गर्ने आवाज उठ्दै आएको छ ।
टिकटकका विषयमा राजनीतिक रूपमा विभाजित वासिङ्टनमा एकताको दुर्लभ क्षण सिर्जना भएको थियो । सांसदहरूले प्रस्तावित कानुनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका थिए ।
विधेयक पारित भएसँगै विधेयकलाई अब सिनेटमा पठाइने भएको छ । १ सय ५० मिलियन भन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू रहेको टिकटक चिनियाँ प्रविधि फर्म बाइट डान्स लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।
प्रतिबन्धको पक्षमा रहेका अमेरिकन सांसदहरूले बाइट डान्स चिनियाँ सरकारको नजरमा रहेको दाबी गरिरहेको छन् ।
अमेरिकामा टिकटकका उपभोक्ताहरूको डाटामा पहुँचमा पुग्ने र त्यसले सुरक्षा खतरा बढाउने बताईएको छ । टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित बन्नुपर्नेछ ।
Categorized in अन्तर्राष्ट्रिय