टिकटकले आफ्नै म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ८, सोमबार
टिकटकले आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउने भएको छ । टिकटकले आफ्नो सब्सक्रिप्सनमा आधारित म्युजिक स्ट्रिमिङ सर्भिस ल्याउन लागेको हो ।
यसका लागि कम्पनीले अष्ट्रेलिया, सिङ्गापुर र मेक्सिको लगाएत विभिन्न देशहरुमा म्युजिक स्ट्रिमिङको बेटा परीक्षण सेवा दिन थालेको छ ।
दुई साताअघि मात्रै ब्राजिल र इन्डोनेसियाबाट यो सेवा सार्वजनिक गरेको थियो । अमेरिकी बजारमा पनि यसले राम्रै प्रभाव जमाउने योजना ल्याएको छ ।
टिकटक म्युजिक पनि स्पोटिफाई र एप्पल म्युजिक जस्ता विद्यमान म्युजिक स्ट्रिमिङ प्लेटफर्महरू जस्तै गीत सुन्ने ठाउँ हो ।
यसबाट प्रयोगकर्ताले युनिभर्सल म्युजिक ग्रुप, सोनी म्युजिक, वार्नर म्युजिक ग्रुप जस्ता प्रमुख रेकर्डिङ कम्पनीका गीतहरु सुन्न, डाउनलोड गर्न र शेयर गर्न सक्नेछन् ।
यसका लागि टिकटकको मुख्य कम्पनी बाइटडान्सले त्यहाँको पेटेन्ट र ट्रेडमार्क कार्यालयमा ‘टिकटक म्युजिक’को ट्रेडमार्कका लागि निवेदन दिइसकेको छ ।
बेटा परीक्षणमा प्रयोगकर्ताहरूले टिकटक म्युजिकमा तीन महिनासम्म गीत सुन्न पाउनेछन् । त्यसपछि भने मासिक रूपमा पैसा लाग्ने छ । शुल्क देश अनुसार फरक–फरक हुने टिकटकले जनाएको छ ।
Categorized in विज्ञान-प्रविधी