विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का अन्तिम ४ खेलहरु हुने
SamacharDesk | २०७९ मङ्सिर १५, बिहिबार

विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का दुई दुई खेलहरु हुँदैछ ।
वेलुकी पौने ९ बजे हुने खेलहरुमा क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जीयम भिड्नेछन् । समुह एफमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् ।
३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानाडाले अंक जोड्न सकेको छैन । आजको खेल जितेको अवस्थामा बेल्जीयम राउण्ड अफ सिक्सटिनमा पुग्नेछ ।
क्रोएसिया र मोरक्कोबिचको खेलमा विजयी हुने टोली समुह विजेता बन्नेछ । आजै राती पौने १ बजे जापान र स्पेन तथा कोष्टा रिका र जर्मनीको भिडन्त हुनेछ ।
समुह ई मा २ खेलबाट स्पेनले ४ अंक जोडेको छ । जापान र कोस्टा रिकाको ३–३ अंक छ भने जर्मनीको १ अंक मात्रै छ ।
यो समुहका सबै चार टोली राउण्ड अफ सिक्सटिनमा पुग्ने सम्भावनामा जिवित छन् ।
Categorized in स्पाेर्ट्स