arin enterprises

आज समुह जी र एच का अन्तिम चार खेल हुने

SamacharDesk | २०७९ मङ्सिर १६, शुक्रबार

विश्वकप फुटबलमा समुह चरणका खेलहरु आज सकिंदैछन् ।

समुह जी र एच का अन्तिम चार खेल आज भएपछि प्रतियोगिताबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछ ।

आज बेलुकी पौने ९ बजे हुने खेलहरुमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल भिड्नेछन् । समुह एच मा दुई खेलबाट ६ अंक जोडेको पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ ।

घानाको ३ अंक छ भने दक्षिण कोरिया र उरुग्वेको एक एक अंक छ । आजै राती पौने १ बजे हुने खेलहरुमा क्यामरुन र ब्राजिल तथा सर्विया र स्विट्जरल्याण्ड भिड्नेछन् ।

दुई खेलबाट ६ अंक जोडेको ब्राजिल राउण्ड अफ सिक्सटिनमा पुगिसकेको छ । स्विट्जरल्याण्डको तीन अंक छ भने क्यामरुन र सर्वियाको १–१ अंक छ ।

तीनवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना जिवित छ ।

Categorized in स्पाेर्ट्स