अक्टोबर ३१, आज विश्व शहर दिवस मनाईँदै
SamacharDesk – बिकाश | २०७७ कार्तिक १५, शनिबार

आज अक्टोबर ३१ तारीख, यो दिन विश्वभरी विश्व शहर दिवस मनाइन्छ । यो वर्ष यस दिवसको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने रहेको छ ।
आज नेपालमा पनि विश्व शहर दिवस मनाईँदैछ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।
कोभिड–१९ संक्रमणको जोखिमका कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्ष रुपमा भने आयोजना हुन सकेत । तर पनि भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिँदैछ ।
दिवसको अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सबैलाई शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकोमा जोड दिनुभएको छ ।
नेपालमा राजधानी केन्द्रित विकासे योजनाका कारण अव्यवस्थित शहरीकरण बढेको छ भने मोफसलमा ससाना आधारभूत आवश्यकता समेतमा समस्या परिरहेको देखिन्छ ।
शहरका गल्ली, सडकको आवश्यकता अनुसार आवश्यक व्यवस्था हुन नसक्नु र चौडा सडकलाई मात्र विकासको आधार मान्ने प्रवृत्तीले काठमाडौंमा समस्या बढ्दो छ ।
Categorized in समाज