ट्राफिक प्रहरीको हत्यामा संलग्न ७ जना सार्वजनिक
SamacharDesk | २०८१ जेठ ६, आइतबार
ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।
खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ को ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरी फरार रहेकालाई जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गरेको छन् ।
घिमिरे घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरुलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पत्रकार सम्मेलनका क्रममा आईतवार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरका अनुसार पक्राउ पर्नेहरुमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।
उनका अनुसार प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको बताउनु भयो ।
घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको बताउनु भयो । त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको बताउनु भयो ।
युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्नेकुरा बुझिन आएको अनुसन्धान जारी रहेको बताउनु भयो ।
अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पु¥याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरु भइ घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको बताउनु भयो ।
ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
Categorized in अपराध