arin enterprises

चलचित्र ‘सनाखत’ को ट्रेलरसँगै राजवंशीको स्मृति ग्रन्थ सार्वजनिक

SamacharDesk – बिजय रत्न | २०७९ पौष ६, बुधबार

बहुभाषिक चलचित्र ‘सनाखत’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकारसमेत रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको ट्रेलर सार्वजनिक गरे ।

सोही कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका साहित्यकार एवम् शिक्षाविद् स्व. लक्ष्मण राजवंशीको स्मृति ग्रन्थसमेत सार्वजनिक गरिएको थियो । चलचित्र सनाखत राजवंशीकै कथामा आधारित भएर बनाइएको हो ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक आर्यम नकर्मीले राजवंशीबाट लिखित कथा ‘लासया सनाखत’ (लासको सनाखत) बाट आफु निकै प्रभावित भएको बताए । निकै गहन विषयमा लेखिएको कथावस्तुमा चलचित्र बनाउन पाउँदा आफुलाई निकै गर्व महसूस भएको निर्देशक नकर्मीको भनाई हो ।

कार्यक्रममा जयदेव कृष्ण श्रेष्ठ, समालोचक लक्ष्मीप्रसाद गौतम, परराष्ट्रविद् प्रा हिरण्यलाल श्रेष्ठ, डा. सर्वोत्तम श्रेष्ठ, रुपक राजवंशीलगायतले चलचित्र र साहित्यकार राजवंशीको व्यक्तित्वलाई लिएर आआफ्नो विचार राखेका थिए ।

त्यसैगरी अनुराधा ढकालले लक्ष्मण राजवंशीको स्मृतिमा लेखिएको मुक्तक वाचन गरेर सुनाएकि थिइन् ।

सोही कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो ।

Categorized in पेजथ्री