arin enterprises

महांकाल मन्दिरमा ट्यांकर दुर्घटना

SamacharDesk – बिराज | २०८० श्रावण १५, सोमबार

गएराति महांकाल मन्दिरमा पानी टयांकरले ठक्कर दिंदा मन्दिरको पर्खालमा क्षति पुगेको छ ।

त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।

सो दुर्घटनामा परि घाइते भएका चालक र सहचालक वीर अस्पतालमा भर्ना भएको छन । दुर्घटनामा परेका चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री रहेको जनाएको छ ।

चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ । राती दुर्घट्ना भएको कारण मानविय क्षति भने हुन पाएन ।

१२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा ठोक्किंदा क्षति पुगेको हो ।

Categorized in राष्ट्रिय