arin enterprises

वातावरणविद् अमात्यलाई सम्झँदै श्रद्धान्जलि सभा

SamacharDesk – बिराज | २०७९ कार्तिक १३, आइतबार

वातावरणवीद तथा एरोशानका कार्यकारी निर्देशक स्व. प्रकाशचन्द्र अमात्यलाई नेपाल रेडक्रश सोसाइटी काठमाडौं जिल्ला महाबौद्ध उपशाखाले सम्झेको छ ।

उपशाखाका सचिव समेत रहेका वातावरणविद् अमात्यको स्वर्गारोहणको ४५ औं दिनको पुण्य तिथिमा उपशाखाले अमात्यलाई सम्झँदै श्रदान्जली सभाको आयोजना गरेको हो ।

काठमाडौंको जमलमा आयोजित श्रदान्जली सभामा काठमाडौँ महानगरकी पूर्व उपप्रमुख हरीप्रभा खड्गी, २७ वडाका वडाध्यक्ष योगेश कुमार खड्गी, रेडक्रसका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिती रहेको थियो ।

सभामा स्व. अमात्यले विभिन्न क्षेत्रमा आवद्ध रहँदै समाजमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो ।

अमात्यको गत भाद्र ३१ गते हृदयघातका कारण निधन भएको थियो ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्मार्ट चर्पी निर्माणमा सक्रिय रहेका स्व. अमात्यले आकाशे पानी संकलनको क्षेत्रमा पनि योगदान पुर्‍याएका छन् ।

Categorized in समाज