ट्रम्प यौनदुव्यर्वहारमा दोषी ठहर
SamacharDesk | २०८० बैशाख २७, बुधबार

न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौन दुर्व्यवहारको आरोपमा दोषी ठहर गरेको छ ।
एक म्यागेजिनका लेखिका ई जीन क्यारेलले सन् १९९० मा आफूमाथि यौन दुव्र्यवहार गरेको र आफूलाई झूठो भनेर बदनाम गरेको आरोप उनीमाथि लगाएको थियो ।
अदालतले क्यारोललाई ५० लाख डलर क्षतिपूर्ति दिने निर्णय गरेको छ । यद्यपि अदालतले डिपार्टमेन्ट स्टोरमा क्यारोललाई बलात्कार गरेकोमा ट्रम्पलाई जिम्मेवार ठहर गरेको छैन किनभने मुद्दा फौजदारी अदालतमा नभई सिभिल कोर्टमा चलिरहेको थियो ।
ट्रम्प दुई सातासम्म म्यानहट्टन फेडरल कोर्टमा सुनुवाइमा उपस्थित भएनन् र उनले यी आरोपहरूलाई खारेज गरिदिएको थियो ।
अदालतको यस फैसलाबाट अर्को वर्ष अमेरिकी राष्ट्रपति चुनाव लड्ने ट्रम्पको योजनालाई यस मामलाबाट ठूलो धक्का लाग्न सक्ने अमेरिकी पत्रकाहरु बताउँछन् ।
अदालतको फैसला अनुसार अब ट्रपले ५० लाख डलर क्यारेललाई तिर्नुपर्ने छ । जसमध्ये ट्रम्पले मानहानिको लागि ३० लाख डलर र २० लाख डलर यौनदुव्र्यवहारका लागि तिर्नेछ । जुन उनले ९० को दशकमा गरेको यौनदुव्यर्वहार पनि सामेल हुनेछ ।
ट्रम्पले अदालतको उक्त फैसलाको बारे आफ्नो सोसल मिडियामा एक प्रतिक्रिया दिएका छन् कि “मलाई पूर्णरुपमा केही आइडिया छैन कि यी महिला को हुन्, यो फैसला अपमान हो।”
उता पूर्व राष्ट्रपतिका प्रवक्ताले पनि प्रतिक्रिया दिंदै भनेका छन् कि यो डेमोक्रेटिक पार्टीको विरुद्ध अभियान हो, यो राजनीतिबाट प्रेरित एक झूठो मामला हो र यस फैसलाको विरुद्ध अदालतमा अपिल गर्ने बताए ।
Categorized in अन्तर्राष्ट्रिय