arin enterprises

टर्कीको भूकम्पमा परी मृत्यु हुनेहरु २८ हजार नाघ्यो

SamacharDesk | २०७९ माघ २९, आइतबार

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ ।

उद्धारकर्मीहरूका अनुसार टर्कीमा अहिलेसम्म २४ हजार ६१७ जना र सिरियामा ३ हजार ५ सय गरी मृत्यु हुनेको संख्या २८ हजार नाघेको हो ।

भग्नावशेषमा च्यापिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरुका अनुसार करिब ५३ लाख सिरियाली घरबारविहीन भएका छन् ।

टर्की र सिरियाका ९ लाख भूकम्प पीडितलाई तत्काल खानेकुरा आवश्यक परेको भन्दै राष्ट्रसंघले बिश्व समुदायको ध्यानाकर्षण पनि गराएको छ ।

टकीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ ।

मानवीय सहायता सम्बन्धी राष्ट्रसघीय प्रमुखले एक सय वर्षपछि त्यस क्षेत्रमा यति शक्तिशाली भूकम्प आएको भन्दै सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सहायता पुर्याउन समस्या भएको बताएका छन् ।

यसैबीच, भूकम्प गएको एक सय २९ घण्टापछि एकै परिवारका पाँच सदस्यलाई जिवितै उद्धार गरिएको छ । नुरुदाग शहरबाट उनीहरुलाई उद्धार गरिएको हो ।

Categorized in अन्तर्राष्ट्रिय