arin enterprises

मेसेज फिचर सीमित गर्दै ट्वीटर

SamacharDesk | २०८० जेठ ३०, मंगलबार

ट्वीटरले डाइरेक्ट मेसेज फिचर सीमित गर्ने भएको छ । ट्वीटरले ब्लु चेकमार्क खरिद नगरेका प्रयोगकर्ताहरुको लागि मेसेज गर्ने संख्या सीमित गने लागेको हो ।

हाल सबै प्रकारका प्रयोगकर्ताले ट्वीटरमा प्रतिदिन ५०० ओटा डीएम गर्न पाउँछन् ।

बाहिरिएको जानकारी अनुसार ब्लुटिक सब्सक्राइबरले मात्र प्रतिदिन ५०० ओटा मेसेज पठाउन पाउनेछन् भने ब्लु टिक खरिद नगरेका प्रयोगकर्ताले प्रति दिन ३० ओटा मात्र मेसेज पठाउन पाउनेछन् ।

हाल कम्पनीले ब्लुटिक सब्सक्राइबरका लागि विभिन्न फिचर उपलब्ध गराएको छ ।

ट्वीटरका ब्लुटिक सब्सक्राइबरले ट्वीट एडिट गर्न, लामो ट्वीट लेख्न, ट्वीट पिन गर्ने लगायतका फिचर प्रयोग गर्न पाउँछन् ।

यसैमा कम्पनीले मेसेज फिचर पनि थप गर्न लागेको हो । कम्पनीले यस विषयमा औपचारिक जानकारी नदिए पनि यो फिचर अहिले परीक्षणको अवस्थामा रहेको बताइएको छ ।

Categorized in विज्ञान-प्रविधी