ट्वीटरले ब्लुटिक निःशुल्क फिर्ता गर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १३, बुधबार

ट्वीटरले सेलिब्रेटीहरुको अकाउन्टमा ब्लुटिक निःशुल्क फिर्ता दिन सुरु गरेको छ । ट्विटरले १० लाख बढी फलोअर भएका प्रयोगकर्ताको ब्लु टिक फिर्ता गर्ने भएको हो ।
यसअघि २० अप्रिल बाट ट्वीटरले पुरानो शैलीबाट भेरिफाइड मार्क वितरण गर्ने बन्द गरी शुल्क तिर्नु पर्ने बनाएको थियो । तर, कम्पनीले नीति परिवर्तन गर्दै १० लाख बढी फलोअर भएका प्रयोगकर्तालाई निःशुल्क भेरिफिकेसन मार्क उपलब्ध गराएको छ ।
यो नीतिसँगै १० लाख बढी फलोअर हुने सेलिब्रेटी तथा कम्पनीहरुले ब्लु टिक फिर्ता पाएका छन् । त्यस्तै मृत्यु भइसकेका सेलिब्रेटीको अकाउन्टमा पनि ब्लु टिक फिर्ता आएको पाइएको छ ।
शुल्क तिरेर ब्लु टिक पाएका र निशुल्क ब्लु टिक पाएका प्रयोगकर्ताबीच कम्पनीले कुनै भिन्नता नदेखाएपछि यो निर्णय विवादित बनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चार लाख बढी लिगेसी भेरिफाइड अकाउन्टमध्ये जम्मा पाँच सय अकाउन्टले मात्र ब्लु टिकका लागि शुल्क तिरेका थिए ।
धेरैले शुल्क तिर्न अस्वीकार गरेपछि कम्पनीले आफ्नो नीति परिवर्तन गरेको हो ।
कम्पनीले उनीहरूको ह्यान्डल अरू कसैले व्यवस्थापन गरेकाले ब्लुटिक उपलब्ध गराइएको हो वा १० लाख बढी फलोअर भएकाले फिर्ता भएको हो भन्ने चाहिँ स्पष्ट छैन ।
यसअघि मस्कले केही व्यक्तिलाई आफ्नै शुल्कमा ब्लु टिक खरिद गर्ने घोषणा गरेका थिए ।
Categorized in विज्ञान-प्रविधी