arin enterprises

विभिन्न हतियार सहित दुइ जना पक्राउ

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ३, मंगलबार

रूपन्देहीमा विभिन्न हतियार सहित दुईजना प्रहरीले पक्राउ परेका छन् ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट सोमबार साँझ गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई पक्राउ गरिएको हो ।

रेग्मी साथबाट एक थान रिभल्वर बरामढ गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रेग्मीसँग एक थान रिभल्वर फेला परेपछि रेग्मी र कार्की दुवै जनालाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा सैनामैना नगरपालिका–१ पर्रोहास्थित रेग्मीको कोठा तलासी गर्दा ३५ राउण्ड गोली, तयारी डेटोनेटर तिन थान, ६० थान डेटोनेटर केस र ४ मिटर डेटकर्ड समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

Categorized in अपराध