arin enterprises

एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १४, आइतबार

स्याङजा वालिङ नगरपालिका ५ माझकोटस्थित सडकमा आज विहान एक एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु भएको छ ।

बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगिनी र सोही नगरपालिका ९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे रहेका छन् । 

दुर्घटनामा घाइते भएका उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अन्य २ जनालाई गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । 

Categorized in समाज