arin enterprises

पहिरोमा पुरिएर दुई जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ १९, बिहिबार

संखुवासभाको चैनपुरमा सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

चैनपुर नगरपालिका–१ नुनढाकीमा सुख्खा पहिरोमा पुरिएर बुधबार दिउँसो दुई जनाको मृत्यु भएको हो ।

घटनामा सुनसरीको धरान उपमहानगरपालिकाका ३५ वर्षीय राम कुमार राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हेम बहादुर मगर रहेका छन् ।

चैनपुर नुनढाकी सडकमा तार जाली पर्खाल लगाउने क्रममा माथिबाट सुख्खा पहिरो झरेर पुरिँदा दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

Categorized in समाज