सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १५, सोमबार

सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका ४ लोक मार्गस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा २१ च ५६९४ नम्बरको पिकअपले को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जगदेव मेहेताको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका भोक्राहा ६ बस्ने २६ वर्षीय मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङ, कानेपोखरी गाउँपालिका ७ जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
अन्दाजी २४ वर्षका उक्त पुरुषको हालसम्म सनाखत हुन सकेको छैन ।
सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि मंगलबारे अस्पताल उर्लाबारीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज