arin enterprises

टिपरले हान्दा २ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष १६, बिहिबार

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बुधबार राती काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ ख २५७७ नम्बरको टिपरले हान्दा बाटोमा हिँडिरहेका दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।

दुर्घटनामा थापाथली बस्ने धादिङ गल्छी गाउँपालिकाका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुबास गमालको मृत्यु भएको हो ।

दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Categorized in समाज