arin enterprises

यु–२० च्यापिनसिप फुटबलमा नेपालको विजयी सुरुवात

SamacharDesk | २०८१ भाद्र २, आइतबार

आजदेखि सुरु भएको २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।

ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोलको अन्तर पराजित गरेको हो ।

निराजन धामीले खेलको २४औं मिनेटमा गरेको गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो । नेपालले आजको खेलमा निकै गोल गर्ने अवसरहरु पाए पनि त्यसो सदुपयोग भने गर्न सकेन ।

जितसँगै नेपाल समूह एमा ३ अंक जोडेको छ । नेपालले अब समूह चरणको अन्तिम खेल बंगलादेशसँग विहीबार खेल्नेछ । भोलि समूह बीमा रहेका भारत र भुटानबीच खेल हुनेछ ।

आजबाट सुरु भएको साफ अण्डर २० च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटानको सहभागिता रहेको छ । खेल भदौ १२ सम्म चल्नेछ ।

Categorized in स्पाेर्ट्स